फागुन, काठमाडौं । नायिका श्वेता खड्काले आफ्नो बिवाह पछिका केहि कुरा खुलेर बोलेकी छिन् । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको महिना दिनमै नायक श्री कृष्णको निधन भएपछि त्यति खुलेर बोल्न सकेकी थिइनन् । यसैक्रममा उनले मंगलबारको नयाँ पत्रिकासँग कुरा गर्दै आफ्नो पीडा साटेकी छिन । नयाँ पत्रिकाले उनीसँगको कुराकानीलाई प्रथामिकताका साथ प्रकाशन गरेको छ । हामीले सोहि सामाग्री जस्ताको तस्तै साभार गरेका छौ ।
बिहेको अघिल्लो दिन ज्वरोले उहाँ (श्रीकृष्ण श्रेष्ठ) ओछ्यानबाट उठ्न सक्नु भएको थिएन। भोलिपल्ट बिहेभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह्रो भएन होला। हाम्रो सुहागरात बेदनामय भयो।
उहाँले हामी उपचारका लागि भारत जान लागेको कुरा गोप्य राख्न चाहनु भएको थियो। मिडियासित हनिमुनका लागि जान लागेको भनिदिनुभयो। बिहेलगत्तै उपचार गर्न जाँदा नानाथरी कुरा हुन्छन् भनेर चिन्ति हुनुहुन्थ्यो । अस्पतालमा भर्ना गर्दा पनि हामीले पहिचान खुलाइनौँ । उहाँलाई अर्कै नाममा भर्ना गरेका थियौँ ।
आफ्नो पीडा लुकाउन म हरसम्भव प्रयास गर्थे। वार्डभित्र पस्दा मुखमा माक्स लगाउँथे। तर बेला बेलामा असह्य हुन्थ्यो। बेस्सरी रुन चिच्याउन मन लाग्थ्यो। भक्कानो फुट्न खोजेपछि मुख छोपेर बाहिर निस्किन्थेँ र मैदानमा गएर पागलजसरी चिच्याउँथेँ।
उहाँले छोडेपछि चार महिना त मैले मरेतुल्य भएर बिताएँ। मलाई दिन र रातको समेत भेद भएन। थला परेको बिरामीलाई जसरी अरुले स्याहारेर राखे। दुई महिना डिप्रेसनको औषधि खानु प¥यो

उमेर अनुसार मानव छालामा परिवर्तन आउने गर्छ । मानिसको उमेर उकालो लाग्दैगर्दा उसको शरिरको छालाको रंगरोगत तथा बनाबटमा फरक पनि आउँदै जान्छ । तर कतिपय अवस्थामा उमेर नपुग्दै पनि मानव छाला र त्यसमा पनि अनुहारको छाला कुरुप हुने गरेको पाइन्छ ।
आफूनो सुन्दर छाला उमेरै नपुगि तुरलुङग् झुण्डीएको देख्दा जसको पनि मन कुडिने गर्छ । त्यसमा पनि युवती वा युवाहरु त झनै चिन्तीत हुने गर्छन् र आफ्नो कुरुप बन्दै गएको छाला कसरी चुस्त र आकर्शक देखाउने होला भन्ने पीरमा आक्रान्त हुन्छन् ।
यसलाई मध्यनजर गर्दै आज हामीले छाला सुन्दर तथा आकर्शक बनाइ राख्न अपानउनुपर्ने विधिहरुका बारेमा जानकारी दिदैछौं । हाम्रो सल्लाहले याहाँहरुलाई पक्कैपनि फाइदा मिल्नेछ भन्ने आशा हामीले दिएका छौं ।
१. बेसन र दहीमा कागतीको रस निचोरेर पटकपटक अनुहारमा लेप लगाउने र केहीबेरपछि धुने गर्नाले छाला नरम, स्वस्थ्य र सुन्दर देखिन्छ ।
२. बेसार र श्रीखण्डको बराबर भागको मिश्रणमा पानी राखी लेदो बनाउने र राती सुत्दा लगाउने गर्नाले दुई हप्तामा छाला नरम, स्वस्थ र सुन्दर भएर आउँछ ।
३. नुहाउनुभन्दा अघि तिलको तेलमा बेसन र थोरै बेसार मिलाएर लेदो बनाई छालामा लगाउने र १०-१५ मिनेटपछि पानीले धुने गर्नाले छालामा नौलोपना आउँछ ।
४. भएसम्म घर बाहीर घाममा निस्किदा अनुहारलाई घामको सिधा संपर्कबाट बचाउने ।
५. नियमित रुपमा प्रशस्त पानीको सेवन गर्ने ।
६. चिल्लो तथा भुटेको खानाको सेबनबाट टाढै बस्ने ।
७. हरियो साग सब्जि तथा फलफूलको सेवन बढी मात्रामा गर्ने





